बुकिङ खुल्यो, हलिउड र बलिउड भन्दा ‘सुनकेसरी’ अगाडी

बुकिङ खुल्यो, हलिउड र बलिउड भन्दा ‘सुनकेसरी’ अगाडी

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – शुक्रबार अर्थात जेठ ११ बाट रिलिज हुन् लागेको हरर सिनेमा ‘सुनकेसरी’को मल्टीप्लेक्समा बुकिङ खुल्ला गरिएको छ ।

नेपाली सोलो रिलिजको मौका पाएको सिनेमाले सुरुवाती बुकिङको शोजमा अग्रता कायम गरेको छ । यो साता नेपाली हलमा रिलिज हुने बलिउड र हलिउडका सिनेमा भन्दा ‘सुनकेसरी’ अगाडी छ । देशभरका अधिकासं हलमा ‘सुनकेसरी’ शोजको अग्रता हुँदा हलिउडको ‘सोलो: अ स्टार वार्स स्टोरी’ दोस्रो स्थानमा छ । त्यस्तै बलिउडको ‘बाइस्कोपवाला’ तेस्रोमा छ ।

देशकै ठुलो मल्टीप्लेक्स ‘क्युएफएक्स’ अन्तर्गतका ८ वटा च्यानलमा सिनेमाले २३ शोज पाएको छ । त्यस्तै एफक्युबमा ४, बिएसआर मुभिजमा ४ र क्युज सिनेमाजमा २ शोज पाएको छ । बिग मुभिज र सिने डी सेफमा भने बुधबार रातिसम्म बुकिङ खुलाएको छैन ।

क्युएफएक्स अन्तर्गत राजधानी च्यानलको शोज तालिका

अभिनेत्री ऋचा शर्माको अभिनय तथा निर्माण रहेको सिनेमालाई अर्पण थापाले निर्देशन गरेका हुन् । तीन पात्रहरुको भुतप्रेतसँग हुने चहलपहल माथि आधारित सिनेमामा ऋचासँगै  रविन्द्र झा, सन्नी ढकाल, लॉरेन लॉफबर्गको मुख्य भूमिका छ ।

भिम न्यौपाने, ऋचा शर्मा र शर्मिला सापकोटाले झन्डै २ करोड बजेटमा निर्माण गरेको सिनेमामा कालीप्रसाद बाँस्कोटा/विजय अधिकारीको संगीत, रह शर्माको छायाँकन र इयान स्कॉट क्लेमेंटको सम्पादन रहेको छ ।