द सिनेमा टाइम्स, काठमाडौँ – रनवीर कपूर स्टारर सिनेमा ‘सन्जु – वान म्यान मेनी लाइभ्स’को ट्रेलर सार्वजनिक भएको छ । राजकुमार हिरानी निर्देशित सिनेमा बलिउड सुपरस्टार संजय दत्तको जीवनीमा आधारित छ ।
निर्माण घोषणा भएदेखि नै अत्याधिक चर्चामा रहेको सिनेमामा रनवीर, संजय अर्थात सन्जुको जीवनका ६ अवतारमा देखा परेका छन् । यसअघि सार्वजनिक भएको टिजरको प्रभावले ‘सन्जु’ दर्शक माझ बहुप्रतिक्षित बनेको छ ।
एक जन्ममा थुप्रै जीवन जिएका संजयलाई ‘सन्जु’ भनेर पनि सम्बोधन गरिन्छ । ट्रेलरमा रनवीरका अलावा सोनम कपूर, मनिषा कोइराला, अनुष्का शर्मा, परेश रावल, करिश्मा टन्ना, जिम शर्भ, बमन इरानी, लगायतलाई पनि प्रस्तुत गरिएको छ । सिनेमा जुन २९ मा रिलिज हुदैछ ।


प्रतिक्रिया