शतकको नट आउट अर्धशतक

शतकको नट आउट अर्धशतक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – उमेरले डाँडा काट्दै गर्दा पनि बलिउडका दिग्गज अभिनेता अमिताभ बच्चन र ऋषि कपूरको बक्स अफिसमा अझै छाप मेटिएको छैन । पछिल्लो रिलिज ‘१०२ नट आउट’को सफलतालाई हेर्ने हो भने, यी दुई अझै पनि नयाँ कलाकार भन्दा कम नभएको भान हुन्छ ।

यी दुई अभिनित ‘१०२ नट आउट’ अहिले चौथों सातामा सफलता साथ प्रदर्शन भैरहेको छ । शिर्षक जस्तै यी दुई अहिले पनि क्रिजमै छन् । त्यो पनि राम्रो प्रदर्शनका साथ । सिनेमा ‘१०२ नट आउट’को कुरा गर्दा, उमेश शुक्ला निर्देशित सिनेमामा यी समकालीन अभिनेता बाबु-छोराको भूमिकामा छन् । जहाँ अभिताभ १०२ बर्षे बाबु र ऋषि ७५ बर्षिय छोराको अवतारमा देखा परेका छन् ।

अब कुरा गरौ बक्स अफिस सफलताको । कुनै समय बक्स अफिसका बादशाह यी दुई पछिल्लो समय सहायक भूमिकामा देखिदै आएका छन् । नयाँको आगमन सँगै पुरानाको बिस्तापन बिस्तारै हुँदै जाने प्रक्रिया हो । तर, यी दुईले आफ्नो बिस्तापनको समय अहिले नभैसकेको पुष्टि गरिदिएका छन् । ‘१०२ नट आउट’ जम्मा ३४ करोडको बजेटमा निर्माण भएको थियो । सुरुवाती व्यापार खासै राम्रो नभएपनि यी दुईको केमेस्ट्री र अभिनयले दर्शकलाई एक महिनादेखि होल्ड गरिरहेको छ ।

चौथों सातामा प्रदर्शन हुँदै गर्दा शतक शिर्षकवाला सिनेमाले अर्धसतक पार गरेको छ । अर्थात बक्स अफिसमा ५० करोडको आँकडा पार ।

रियल उमेरमा अमिताभ भन्दा करिब १० बर्ष कान्छा ऋषिले सन् १९७३ मा बाबु राज कपूरको निर्देशनमा बनेको ‘बबी’बाट मुख्य अभिनेताको रुपमा बलिउडमा आफ्नो पाईला चालेका थिए । भने अमिताभले सन् १९६९ मा ‘सात हिन्दुस्तानी’बाट आफ्नो अभिनय यात्रा प्रारम्भ गरेका थिए ।

अमिताभ र ऋषिले यसअघी ‘नसिब’, ‘अमर अकबर एन्थोनी’ र ‘कभी कभी’ जस्ता फिल्ममा सँगै काम गरिसेका छन् ।