ट्रेलरमा ‘तिमि हुन्छौँ जहाँ जहाँ’

ट्रेलरमा ‘तिमि हुन्छौँ जहाँ जहाँ’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – मलिना जोशी र मनिष सुन्दर श्रेष्ठ अभिनित सिनेमा ‘तिमि हुन्छौँ जहाँ जहाँ’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा प्रेम र विछोडलाई देखाइएको छ ।

बिकाश बस्याल निर्देशित सिनेमाका लागि मलिना र मनिषको जोडी दोस्रो पटक बाँधिएको छ । यसअघि यो जोडी ‘रानी’मा देखिएको थियो । यी सँगै सिनेमामा स्वरुपपुरुष ढकाल, रबी गिरी, विश्व बस्नेत, तमन्ना केसी, गीता अधिकारी लगायतका कलाकारको अभिनय छ ।

प्रकाश बाँस्कोटा कार्यकारी निर्माता रहेको सिनेमामा मदन दवाडी, दालचन्द्र दवाडी र हरिप्रसाद अधिकारी निर्माताका रुपमा रहेका छन् । भने सहनिर्मातामा बिना कार्की छन् ।

असार ८ रिलिज हुने ‘तिमि हुन्छौँ जहाँ जहाँ’मा भुपेन्द्र अधिकारी/सालिक दुदलको सम्पादन, रामशरण उप्रेतीको छायाँकन, माधव घिमिरेको पटकथा/संवाद, रोशन श्रेष्ठको एक्सन, कविराज गहतराज र रेनाषा वान्तवा राईको कोरियोग्राफी छ ।