‘चङ्गा’ गीत: थुनिएका बालकको मातृप्रेम

‘चङ्गा’ गीत: थुनिएका बालकको मातृप्रेम

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – कमेडी जानरामा निर्मित सिनेमा ‘चङ्गा’को स्याड भर्सन गीत सार्वजनिक गरिएको छ । प्रदर्शनको केहि दिन अगाडी रिलिज गीतमा एक कोठामा थुनिएका बालकको पिडालाई प्रस्तुत गरिएको छ । ‘मेरी आमा…’ बोलको गीतमा कमल खत्रीको शब्द/संगीत र स्वर छ ।

किशोर भण्डारी (डिठ्ठा साब)को लेखन/निर्देशन रहेको सिनेमालाई हाँस्यकलाकार रेश्मा तिमिल्सिनाले निर्माण गरेकी हुन् । सिनेमामा बुद्दी तामाङ, कमलमणि नेपाल, अंकित खड्का, लक्ष्मी वर्देवा, रेश्मा तिमिल्सिना, प्रेमबर्षा खड्का, जीवन भट्टराई, राजन खतिवडा, लकी भण्डारी लगायतका कलाकारको अभिनय छ ।

राजनराज सिवाकोटी/कमल खत्रीको संगीत रहेको सिनेमामा कविराज गहतराजको कोरियोग्राफी, नवराज उप्रेतीको छायाँकन र कृष्ण भण्डारीको सम्पादन छ । सिनेमा जेठ २५ मा रिलिज हुँदैछ ।