द सिनेमा टाइम्स, काठमाडौँ – शुक्रबारबाट प्रदर्शनमा आएको बलिउड सिनेमा ‘रेस ३’ले घरेलु बक्स अफिसमा वर्षकै उत्कृष्ट सुरुवात गरेको छ । इदको अवसरमा रिलिज भएको सिनेमाले पहिलो दिन २९.१७ करोड कमाई गर्यो । २०१८ मा रिलिज भएका सिनेमामा पहिलो दिनको यो नै सर्वाधिक कलेक्सन हो ।
यसअघि ‘बाघी २’ले पहिलो दिनमा २५.१० करोडको व्यापार गरेको थियो । इदमा रिलिज भएका सलमानका सिनेमा मध्ये भने यो उत्कृष्ट कमाई होइन । सन् २०१६ को इदमा रिलिज भएको ‘सुल्तान’ले ३६.५४ करोडबाट सुरुवात गरेको थियो । ‘रेस ३’ले पहिलो दिन ३० करोड प्लसको व्यापार गर्ने अनुमान गरिएको थियो । तर, फिफा विश्वकप फुटबल र झुर समिक्षाले सिनेमाको व्यापारमा असर पार्यो ।
शनिबारको इद र आइतबारको विदाले सिनेमाको कलेक्सनमा छलांग पुग्ने अनुमान गरिएको छ । १ सय ५० करोडको बजेटमा निर्मित सिनेमामा सलमान खान, अनिल कपूर, जाक्लिन फर्नान्डिज, बबी देवल, डेजी शाह सकिब सलीम, फ्रेड्डी दारुवाला लगायतका कलाकारको अभिनय छ । यो सन् २००८ को ‘रेस’ सिरिजको तेस्रो इन्स्टलमेन्ट हो ।
रेमो डिसुजा निर्देशित सिनेमालाई समिक्षक र दर्शकले झुर सिनेमाको संज्ञा दिएका छन् ।
प्रतिक्रिया