उमेश र कविताको कथा, ‘बोबी’ ट्रेलर रिलिज

उमेश र कविताको कथा, ‘बोबी’ ट्रेलर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – रियल जोडीको रियल कथामा निर्मित ‘बोबी’को ट्रेलर रिलिज भएको छ । सत्यकथामा आधारित सिनेमा भएपनि ट्रेलरलाई व्यावसायिक बनाइएको छ ।

मिलन चाम्स निर्मित एवं निर्देशित सिनेमाले नर्वेका एनआरएन कविता गुरुङ र उमेश थापाको कथालाई मुख्य विषयबस्तु बनाएको छ । जहाँ यी दुवैको प्रमुख भूमिका छ ।

दुबै जनाको प्रेम, संघर्ष र सफलताको कथा ‘बोबी’ भित्र छ । सिनेमामा यी दुईका अलावा विजय लामा, रुबी राणा शाह, देशभक्त खनाल, रश्मि भट्ट, रवि गिरी, सुरवीर पण्डित, बादल भट्ट, पुर्णिमा लामा, शिशिर राणा लगायतका कलाकारको अभिनय छ ।

चाम्स इन्टरटेनमेन्ट र लण्डन आई इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको ‘बोबी’मा संचारकर्मी नरेश भट्टराई/गिरिराज घिमिरेको स्क्रिप्ट, नवराज कृष्ण थापाको छायाँकन, अर्जुन जिसीको सम्पादन र बसन्त सापकोटा/ताराप्रकाश लिम्बुको संगीत रहेको छ । सिनेमा असार २९ मा रिलिज हुँदैछ।