‘रोमियो एण्ड मुना’ ट्रेलर रिलिज

‘रोमियो एण्ड मुना’ ट्रेलर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – विनय श्रेष्ठ र सृष्टि श्रेष्ठको शिर्ष भूमिका रहेको सिनेमा ‘रोमियो एण्ड मुना’को ट्रेलर रिलिज भएको छ ।

ट्रेलरमा रोमियो र मुनाको प्रेम र झगडालाई प्रथामिकता दिइएको छ । शिर्ष भूमिका भएकै कारण विनय र सृष्टिलाई बढी हाइलाइट गरिएको छ । भने अन्य कलाकारलाई केहि दृश्यमा समेटिएको छ ।

नरेशकुमार केसी निर्देशित सिनेमामा सुस्मा कार्की, प्रज्वलसुजल गिरी र सुरक्षा पन्तको पनि मुख्य भूमिका छ । नरेशको यो दोस्रो निर्देशकीय सिनेमा हो । यसअघि उनले ‘डाइङ क्यान्डल’ निर्देशन गरेर चौतर्फी चर्चा प्रसंसा बटुलेका थिए ।

साउन ११ गते रिलिज हुने सिनेमालाई प्रसन्न गोपाली, रोजी श्रेष्ठ, राम शर्मा र कविन शाक्य मिलेर निर्माण गरेका हुन् । सिनेमामा निर्देशक केसीको पटकथा छ भने संवादमा निरोज महर्जनले सघाएका छन् ।