‘ए सोल्टिनी’ शिर्ष गीत रिलिज

‘ए सोल्टिनी’ शिर्ष गीत रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – सिनेमा ‘ए सोल्टिनी’को गीत रिलिज भएको छ । प्रदर्शनको लागि एक साता बाँकी रहँदा निर्माण पक्षले सविन श्रेष्ठ फिचर्ड शिर्ष गीत सार्वजनिक गरेको हो ।

सिनेमाका निर्देशक निमा लामाको शब्द/संगीत रहेको गीतमा सविनसँगै अर्जुन गुरुङ र गंगा राना मगर पनि प्रस्तुत छन् । गीतको कोरियोग्राफी अभि लामाले गरेका हुन् ।

असार १५ गते सोलो रिलिज हुन् लागेको सिनेमालाई पूर्णि तामाङको प्रस्तुतिमा दिलकुमार घलान तामाङले निर्माण गरेका हुन् । जिम्बा फिल्मस् प्रोडक्सनको व्यानरमा निर्मित सिनेमामा  सबिन श्रेष्ठ,अर्जुन गुरुङ, जयनन्द लामा,ज्ञानबहादुर जिम्वा,गंगा रानामगर, मन्जु श्रेष्ठलगातका कलाकारले अभिनय गरेका छन् ।

https://youtu.be/_SN8oEPJDOY