कायरा ट्रेलर: आर्यन र साम्राज्ञीको म्युजिकल लभस्टोरी

कायरा ट्रेलर: आर्यन र साम्राज्ञीको म्युजिकल लभस्टोरी

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – आर्यन सिग्देल र साम्राज्ञी राज्यलक्ष्मी शाह स्टारर सिनेमा ‘कायरा’को ट्रेलर रिलिज भएको छ । ट्रेलर पूर्णतया म्युजिकल लभस्टोरी छ । पहिलो पटक स्क्रिन शेयर गरेका आर्यन र साम्राज्ञीको जोडी ट्रेलरमा हेर्दा फिट देखिन्छ ।

ट्रेलर एकदमै धेरै संवादको प्रयोग गरिएको छ । सम्भवत: नेपाली सिनेमाको कुनै पनि ट्रेलरमा यति धेरै संवाद अटाइएका छैनन् । म्युजिकल लभस्टोरी भएकै कारण ट्रेलरमा लभ संवाद र गीतलाई प्रथामिकता दिइएको निर्देशक लक्ष्मण रिजालले बताए ।

सिनेमामा आर्यन पुन: लभर व्वायको भूमिकामा प्रस्तुत भएका छन् । तर, यसपटक अघिल्ला सिनेमामा भन्दा भिन्न पाउने आर्यनले बताए । उनले भने ‘सिनेमामा लभर व्वाय भएपनि यसमा मैले आफुलाई पहिले भन्दा निखारेको छु । संगीतमा रम्ने एक प्रेमिल युवकको रुपमा म कथा भित्र छु । आशा छ दर्शकले मन पराइदिनु हुनेछ ।

उता साम्राज्ञीले पहिलो पटक आर्यनसँग स्क्रिन शेयर गर्न पाउँदा रमाइलो भएको र अग्रजबाट केहि सिक्ने मौका मिलेको बताइन ।

आर्यन सिग्देल इन्टरटेनमेन्ट र आर एण्ड आर प्रोडक्सनको व्यानरमा निर्मित सिनेमाका कार्यकारी निर्माता राजकुमार भट्ट हुन् । आर्यन सिग्देलकै कथा रहेको सिनेमामा केदार भुसालको पटकथा/संवाद छ । सिनेमाको निर्मातामा निर्देशक लक्ष्मण रिजाल पनि छन् । भने, दिनेश थापा र दिवस पराजुली सहनिर्माता हुन्।

साउन १८ गते रिलिज हुने ‘कायरा’मा कोशिष क्षेत्री/अर्जुन पोखरेल/कल्याण सिंहको संगीत, प्रविन सिंहको कोरियोग्राफी, बनिष शाह/मिलन श्रेष्ठको सम्पादन र शिवराम श्रेष्ठ (आशिकी)को छायाँकन छ ।