‘गोल्ड’ ट्रेलर: अक्षयको उम्दा प्रस्तुति

‘गोल्ड’ ट्रेलर: अक्षयको उम्दा प्रस्तुति

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – बलिउडको प्रतिक्षित फिल्म ‘गोल्ड’को ट्रेलर रिलिज भएको छ । भारतको राष्ट्रिय खेल हकीद्वारा ओलम्पिकमा स्वर्ण पदक जित्ने कथा ‘गोल्ड’मा छ । जसमा मुख्य भूमिका अक्षय कुमारले निर्वाह गरेका छन् ।

अक्षय सिनेमामा एसिस्टेन म्यानेजर तपन दासको अवतारमा छन् । तपन दासको भूमिका स्वतन्त्र भारतलाई ओलम्पिकमा जिताउनु हुन्छ । तर यो त्यति सहज छैन । स्वत्रन्त्रताको पहिलो ब्याकड्रोपमा आधारित सिनेमामा अक्षयका अलावा टिभी सिरियल ‘नागिन’ एक्ट्रेस मौनी राय पनि मुख्य भूमिकामा छिन । उनलाई ट्रेलर जति समेटिएको छ । त्यहाँ उम्दा देखिएकी छन् ।

रीमा कागतीले निर्देशन गरेको सिनेमा १५ अगस्तमा रिलिज हुँदैछ ।