‘फन्ने खान’ टिजर रिलिज

‘फन्ने खान’ टिजर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – अनिल कपूर, ऐश्वर्य राई बच्चन स्टारर सिनेमा ‘फन्ने खान’को टिजर रिलिज भएको छ । टिजरमा ऐश्वर्य र अनिलका अलावा राजकुम्मार रावको पनि झलक देखाइएको छ ।

ऐश्वर्यको बलिउडमा कमब्याक ‘जज्बा’ पछिको तेस्रो सिनेमा हो । यसअघि ऐश्वर्यका ‘सरबजित’ र ‘ए दिल हे मुस्किल’ प्रदर्शन भैसकेका छन् । उसो त सन् २००० को ‘हमरा दिल आपके पास हे’ पश्चात ऐश्वर्य र अनिलले यो सिनेमामा स्क्रिन शेयर गरेका हुन् ।

३ अगस्तमा रिलिज हुने ‘फन्ने खान’लाई अतुल मंज्रेकरले निर्देशन गरेका हुन् ।