फेसबुकमा भेटियो ‘रोजी’ टिजर !

फेसबुकमा भेटियो ‘रोजी’ टिजर !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – बहुप्रतिक्षित सिनेमा ‘रोजी’को टिजर रिलिज भएको छ । फेसबुक प्रयोगकर्ता  श्रीधर भारद्वाजले फेसबुक मार्फत टिजर सार्वजनिक गरेका हुन् । टिजर युट्युबमा भने सार्वजनिक छैन ।

५९ सेकेन्ड लामो टिजरमा अभिनेता प्रदीप खड्काले प्रेमिका ‘रोजी’ उर्फ परमिता राज्यलक्ष्मी राणालाई गोलि चलाएर मारेका छन् । अनि उनि भन्छन ‘मैले उसलाई मारेको होइन, मुक्ति दिएको हुँ । मलाई ऊबाट र उसलाई यो संसारबाट ।’ यो डाइलग र पहिलो झलकका दृश्यले ‘रोजी’ले थप कौतुहलता सृजना गरेको छ । सिनेमामा प्रदीप नयाँ अवतारमा प्रस्तुत भएका छन् ।

सिनेमाको कथा रोजी महर्जन हत्याकाण्डमा आधारित रहेको चर्चा छ । त्यसैले रोजीका अभिभावकहरु यस विषय र नाम सिनेमा नबनाउन दवाब दिइरहेका छन् । पटक-पटक ‘रोजी’ टिम र रोजी अभिभावक विच बार्ता भैरहेको छ । निर्माण पक्षले भने सिनेमा कथा रोजी महर्जन हत्याकाण्डमा आधारित नरहेको बताउँदै आएका छन् ।

निरक पौडेलले निर्देशन गरिरहेको सिनेमा अहिले छायाँकनको अन्तिम चरणतिर छ । केदार भुसालको कथामा बनिरहेको सिनेमामा मिरुना मगर, कर्मा शाक्य, बरुण आरएल राणा, रविन्द्र खड्का, प्रकाश श्रेष्ठ लगायतका कलाकारको अभिनय छ ।

गोपीकृष्ण मुभिज र आरोही इन्टरटेनमेन्टको व्यानरमा निर्माण सिनेमाका प्रस्तुतकर्ता उद्दव पौडेल  हुन् । ‘रोजी’मा आयरा पौडेल र आरोही केसी लगानी छ ।