अनुपको भरमा वर्षा, ‘जय शम्भु’ गीत रिलिज

अनुपको भरमा वर्षा, ‘जय शम्भु’ गीत रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौँ – भाद्र १ गतेबाट रिलिज हुने सिनेमा ‘जय शम्भु’को आज काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा सिनेमाका दुई मुख्य पात्र अनुप विक्रम राई र वर्षा सिवाकोटीलाई फिचर्ड गरिएको छ ।

‘म त परे तिम्रै भरमा’ बोलको गीतमा टंक बुढाथोकीको संगीत, अमृता नेपालको शब्द रहेको गीतमा अञ्जु पन्त र टंक बुढाथोकीको स्वर  छ । रुपेश तामाङले निर्देशन गरेको सिनेमाको प्रस्तुतकर्ता दिनेश शाही हुन् । चक्र पाख्रिन कार्यकारी निर्माता रहेको सिनेमामा अरविन्द्रमान शाक्यले लगानी गरेका छन्, भने सिनेमामा सह-निर्माताको रुपमा शिक्षा काफ्ले र कुशल शर्माको लगानी छ ।

दुई करोड बजेटमा निर्माण भएको सिनेमामा आफुले राम्रो र केहि फरक काम गर्ने प्रयास गरेको बर्षा सिवाकोटीले बताइन । यता सिनेमाका अर्का मुख्य कलाकार प्रशान्त ताम्राकारले आफुले अर्को सिनेमामा पनि काम गरीरहेकोले छायांकनमा नजाँदा नराम्रो हल्ला बजारमा फैलाइएको भन्दै यो सवै खबर झुटो रहेको बताए । ‘जय शम्भु’ एउटा राम्रो सिनेमा बनेकोमा विश्वास व्यक्त गरे ।

सिनेमामा रामजी लामिछानेको कारियोग्राफी, श्री श्रेष्ठको द्धन्द्ध, हरी घले लामाको छायांकन, बनिष शाहको सम्पादन रहेको छ । ‘जय शम्भु’मा अनुप र वर्षाका अलवा प्रशान्त ताम्राकार, रोशन मर्हजन, करुणा पाण्डे लगायतका कलाकारको अभिनय रहेको छ ।