‘पैसा फेक तमाशा देख’ ‘मिस्टर भर्जिन’ आइटम गीत रिलिज

‘पैसा फेक तमाशा देख’ ‘मिस्टर भर्जिन’ आइटम गीत रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – भाद्र १ गतेबाट अलनेपाल रिलिज हुने ‘मिस्टर भर्जिन’मा समावेश ‘पैसा फेक तमाशा देख’ बोलको आइटम गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा छुल्ठिम गुरुङसँगै सिनेमाका मुख्य कलाकार विजय बराल, कमलमणी नेपाल, गौरव पहाडीलाई फिचर्ड गरिएको छ ।

सार्वजनिक गीतमा राजेन्द्र भट्ट (मिस्टर आ जे) को संगीत रहेको गीतमा शशि रावल र राजेन्द्र भट्ट (मिस्टर आ जे) कै स्वर छ । उक्त गीतमा दिपक याम सिंहको कोरियोग्राफी रहेको छ । विशारद बस्नेत निर्देशीत सिनेमामा गौरव पहाडी, विजय बराल, कमलमणि नेपाल, मरिश्का पोखरेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतका कलाकार अभिनय छ ।

सिनेमाको कथा, पटकथा विजय थापा, अजय पन्त, सन्तोष बोहोरा, हिरा लामा, कपिल खड्का, स्नेहा पौडेल, विशारत बस्नेत, महेश दवाडीको रहेको छ भने संवाद महेश दवाडीले लेखेका हुन् । चलचित्रमा रामेश्वर कार्कीको छायाङ्कन, विक्रम स्वाँर। दीपक याम सिंहको कोरियोग्राफी ,सुरज पण्डित, श्रीकृष्ण बम मल्ल, आधा सुर, मिस्टर आर।जेको सङ्गीत रहेको छ ।

वोर्ल्ड वाइड फिल्म्स डिस्ट्रिव्यूसन प्रा.लीको ब्यानरमा निर्माण भएको ‘मिस्टर भर्जिन’मा खिलेन्द्र तिमल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी र बिशारद बस्नेतको लगानी रहेको छ भने सह निर्मातामा सन्दिप उप्रेती रहेका छन् ।