द सिनेमा टाइम्स काठमाडौं – बलिउड सुपरस्टार सलमान खान कहिले बिहे गर्लान यसको जवाफको प्रतिक्षा बलिउड सेलिबे्रटीका साथै दबंग खानका फ्यानमा पनि रहेको छ । एउटा कुरा थोरै मान्छेलाई थाहा छ कि कुनै बेला सलमान खान बलिउड नायिका जुही चावलासँग बिहे गर्न चाहान्थे । सलमानले यो कुराको खुलासा सलमानले एउटा ईन्टरभ्युमा गरेका थिए ।
सलमानले भने, जुही एकदमै राम्री केटी हुन्, मैले उनका पितासँग जुहीको हात मागेको थिए तर उहाँले त्यो प्रस्तावलाई अस्वीकार गर्नु भयो । मलाई अहिले पनि लाग्छ, म जुहीको लागी पनि फिट छैन् । सलमानको पुरानो भिडियो निकै भाइरल भैरहेको छ जसमा सलमाने जुहीसँग विहे गर्ने कुरा बताएका छन् । यो भिडियो हेर्दा यस्तो लाग्छ, यो भिडियो सलमानको करियरको सुरुवातको बेलाको हो ।
एक समय यस्तो पनि थियो जुहिसँग बिहे मात्रै होइन उनको साथमा सिनेमामा काम समेत गर्न चाहदैन थिए । यो कुरा त्यतीवेलाको हो जुनबेला जुही बलिउडकी नाम चलेकी ठुलो स्टार थिइन । त्यसवेला एक निर्देशकले सलमानको सिनेमाको लागी जुहीलाई प्रस्ताव गरेका थिए, तर जुहीले उनको प्रस्ताव सिधै अस्वीकार गरेकी थिइन । जब यो कुरा सलमानले थाहा पाए उनी निकै रिसाएका थिए । जुन कुरा उनले आजसम्म भुल्न सकेका थिएनन् । त्यसैले गर्दा आजसम्म सलमानले जुहीसँग कुनैपनि सिनेमामा काम गरेका छैनन् । पछिल्लो समय जब सलमानलाई जुहीसँग काम गर्ने कुरा भयो, उनले जुहीलाई आफ्नो आमाको भुमिकामा काम गर्न भनेका थिए ।


प्रतिक्रिया