पूर्व प्रेमिकाको कारण ‘स्टुडेन्ट अफ द ईयर २’ बाट निकालिएका थिए इशान !

पूर्व प्रेमिकाको कारण ‘स्टुडेन्ट अफ द ईयर २’ बाट निकालिएका थिए इशान !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – ‘धडक’का मुख्य पात्र इशान खट्टर उनको प्रदर्शनरत सिनेमाका कारण चर्चामा रहेका छन । उनको अभिनयको प्रसंशा यतीवेला सिनेमाका समिक्षकले पनि गरिरहेका छन् । इशानसँग करण जोहर ‘धडक’का साथै छायांकनरत सिनेमा ‘स्टुडेन्ट अफ द ईयर २’ मा पनि खेलाउन चाहान्थे, तर अन्तिम समयमा आएर इशानले यो सिनेमा छोडेनु पर्यो ।

मुम्बई मिररको रिर्पोटका अनुसार उनले ‘स्टुडेन्ट अफ द ईयर २’ छोड्को कारण यसै सिनेमाबाट बलिउडमा डेव्यु गर्न लागेकी नायिका तारा सुतारिया हुन् । जसका कारण करणले इशानलाई सिनेमामाबाट आउट गरेका थिए । एक समय तारा र इशान एक अर्काको प्रेममा रमाई रहेका थिए । केहि समय पहिले मात्रै यो जोडीले ब्रेकअप गरेको थियो । ब्रेकअप असर सिनेमाको छायांकनमा नपरोस भनेर निर्माता जोहरले ‘स्टुडेन्ट अफ द ईयर २’ मा उनलाई स्थान दिएनन् ।

करण जोहरले निर्माण गरिरहेको सिनेमालाई पुनित मल्होत्राले निर्देशन गरिरहेका छन् । स्टुडेन्ट अफ द ईयर २ मा टाईगर श्राफ, अनन्या पाण्डे र तारा सुतारियाको मुख्य भुमिका रहेको छ ।