रजनीकान्तसँग एउटै सिनेमामा काम गर्दै नवाजउद्दिन

रजनीकान्तसँग एउटै सिनेमामा काम गर्दै नवाजउद्दिन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – बलिउड सिनेमा र दक्षीण भारतीय सिनेमा बिच पछिल्लो समय एक आपसमा सहकार्य बढ्न थालेको छ । यसै मेलोमा बलिउड अभिनेता नवाजउद्दिन सिद्दिकी पनि आइपुगेका छन् । तामिल सुपरस्टार रजनीकान्त र बलिउड अभिनेता नवाजउद्दिनले एकसाथ काम गर्ने भएका छन् ।

https://twitter.com/AllIndiaRKFC/status/1019569442240335873

दुबै जनाले तामिल निर्देशक कार्थिक सुबराजको आगामी सिनेमामा एकसाथ देखिने फाइनल भएको हो । तामिल अभिनेता रजनीकान्तले पछिल्लो रिलिज सिनेमा कालाको रिलिजसँगै यो सिनेमाको छायांकन सुरु गरेका थिए । सिनेमामा नवाजको प्रवेशको जानकारी सिनेमाका निर्माताहरूले ट्वीटरमार्फत दिएका हुन् ।  फिल्ममा नवाजसँगै अभिनेत्री सिमरनले पनि अभिनय गर्ने ट्विटरमा उल्लेख छ। हाल छायाँकनको क्रममा रहेको सिनेमा यसै वर्ष नोभेम्बर २९ मा रिलिज हुनेछ।