‘भारत’को फस्टलुक रिलिज

‘भारत’को फस्टलुक रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – बलिउड सुपरस्टार अभिनेता सलमान खानको आगामी सिनेमाक ‘भारत’को फस्टलुक रिलिज गरिएको छ । ‘भारत’का निर्देशक अलि अब्बास जाफरले बुधबार ट्वीटरबाट सिनेमाको फस्टलुक रिलिज गरेका हुन् ।

यो सिनेमा आगामी बर्षको इदमा रिलिज हुनेछ । सार्वजनिक गरिएको फस्टलुक फोटोमा सलमान खानलाई मोटरसाइकल स्टन्टम्यानका रूपमा सर्कसमा प्रवेश गर्दै गरेको देखाइएको छ। सिनेमा सन् २०१४ को कोरियन ब्लकबस्टर ‘ओडे टु माई फादर’को आधिकारिक रिमेक हो।

६० वर्षको समयअवधिको कथा प्रस्तुत गरिने सिनेमामा सलमान पाँच भिन्न अवतारमा प्रस्तुत हुनेछन्। दिशा पटानीको समेत अभिनय रहेको सिनेमा प्रियंका चोपडाको हलिउड यात्रापछिको पहिलो बलिउड सिनेमा हुनेछ। उनी ३ वर्षपछि बलिउड सिनेमामा देखिन लागेकी हुन्। उनले अगस्टबाट फिल्मको सुटिङ गर्नेछिन्।

सलमानको पछिल्लो रिलिज ‘रेस ३’ले वक्सअफिसमा सोचेजस्तो व्यापार गर्न असफल रहेको थियो। निर्देशक जफरसँग सलमानको यो तेस्रो सिनेमा हो। यसअघि दुबैले ‘सुल्तान’ र ‘टाइगर जिन्दा है’मा सँगै काम गरेका थिए।