आर्यन र साम्राज्ञीको ‘एकोहोरो’ माया, कायरा गीत रिलिज (भिडियो)

आर्यन र साम्राज्ञीको ‘एकोहोरो’ माया, कायरा गीत रिलिज (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं-   सिनेमा ‘कायरा’मा समावेश दोस्रो रोमान्टिक गीत सार्वजनिक गरिएको छ । ‘यो त माया हो’ बोलको गीतमा सिनेमाका मुख्य दुई पात्र आर्यन सिग्देल र साम्राज्ञी राज्यलक्ष्मी शाहलाई फिचर्ड गरिएको छ । फिलिपिन्सको सुन्दर लोकेसनमा छायांकन गरिएको गीतमा आर्यन र साम्रज्ञीको केमेष्ट्री उत्कृष्ट देखिएको छ ।

साउन १८ गतेदेखि आर्यन सिग्देल र साम्राज्ञी राज्यलक्ष्मी शाहको जोडीलाई दर्शकले पर्दामा हेर्न पाउनेछन् । यो समय आर्यन र साम्राज्ञीका लागि विशेष समय पनि हो । किनकि, ‘कायरा’ को रिलिज मिति नजिकिँदै न छ ।नेपाली फिल्म क्षेत्रमा चकलेटीको हिरोको बहार ल्याउने अभिनेताका रुपमा चिनिन्छ आर्यनलाई । र, अहिलेकी ‘हट केक’ अभिनेत्रीकी रुपमा लिइन्छ साम्राज्ञीलाई । यी दुईको जोडी फिल्ममा आउँदैछ ‘कायरा’ बनेर ।

‘कायरा’ यतीवेला दर्शको पखाईमा रहेको सिनेमा हो । सिनेमाले सार्वजनिक ट्रेलर, गीत, संगीतबाट दर्शक माझ एक प्रकारको हाइप बनाइसकेको छ । कल्याण सिंहको संगीत रहेको गीतको शब्द संचारकर्मी नरेश भट्टराईले लेखेका हुन्, गीतमा सुगम पोखरेल र श्रेया सोताङ्गको स्वर रहेको छ  । कायरालाई लक्ष्मण रिजालले निर्देशन गरेका हुन् । आर्यन सिग्देल इन्टरटेनमेन्टको र आर एण्ड आर प्रोडक्सनको व्यानरमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता राजेन्द्र भट्ट हुन् ।

कोशिष क्षेत्रीर’अर्जुन पोखरेलरकल्याण सिंहको संगीत, प्रविन सिंहको कोरियोग्राफी, बनिष शाहरमिलन श्रेष्ठको सम्पादन र शिवराम श्रेष्ठ (आशिकी)को छायाँकन छ ।