नोभेम्बरबाट मेमा पुग्यो ‘स्टुडेन्ट अफ द इयर २’

नोभेम्बरबाट मेमा पुग्यो ‘स्टुडेन्ट अफ द इयर २’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – करण जोहरले निर्देशन गरेको सिनेमा ‘स्टुडेन्ट अफ द इयर’बाट आलिया भट्ट, वरुण धवन र सिद्धार्थ मल्होत्राले बलिउड डेव्यु गरेका थिए । यी सवै अहिले बलिउडमा व्यस्त कलाकारको रुपमा गनिन्छन् । फेरी एक पटक करणले यो सिनेमाको सिक्वेल ‘स्टुडेन्ट अफ ट इयर २’ निर्माण गरिरहेका छन् । यो सिनेमाबाट पनि करणले बलिउडमा दुई नयाँ कलाकारलाई इन्ट्री गराउँदै छन् । ‘स्टुडेन्ट अफ द इयर २’ मा लिड अभिनेताको रुपमा टाइगर श्राफ छन्, भने मुख्य लिड अभिनेत्रीको रुपमा अभिनेता चंकी पाण्डेकी छोरी अनन्या पाण्डेले बलिउडमा डेव्यु गर्दैछिन् ।

यसै सिनेमाबाट अर्की अभिनेत्री तारा सुतारिया पनि बलिउडमा डेव्यु गर्दैछिन् । यि दुवै अभिनेत्रीले टाइगरसँग ‘स्टुडेन्ट अफ द इयर २’ मा रोमान्स गर्नेछन् । नयाँ लभस्टोरीमा आधारीत धर्मा प्रोडक्सनले निर्माण गरेको सिनेमाको रिलिज डेट पोस्टपोन्ड गरिएको छ । पहिले यो सिनेमा २३ नोभेम्बरमा रिलिज हुनेवाला थियो । अब यो सिनेमा अर्को बर्षको १० मे २०१९ मा रिलिज हुनेछ । यसको जानकारी निमार्ता करण जोहरले आफ्नो अफिसियल बाट सिनेमाको नयां पोस्टर रिलिजसँगै नयाँ रिलिज डेट घोषणा गरेका हुन् ।