आमिरको विकल्पमा जोन

आमिरको विकल्पमा जोन

द सिनेमा टाइम्स
0
Shares

बलिउडका स्टार आमिर  खान अभिनित सिनेमा ‘सरफरोश ‘ को सिक्वेल बन्ने भएको छ ।  सन् १९९९ मा रिलिज भएको यो सुपरहिट सिनेमाको सिक्वेलमा आमिर भने नदेखिने  छन् ।  सिनेमामा आमिरको एसिपी राठोरको हिट क्यारेक्टरलाई जोन अब्राहमले निर्वाह गर्नेछन् ।  पछिल्लो सिनेमा ‘परमाणु’ मा पुलिस अफिसरको भूमिकामा देखिएका जोन यस्तै रोलमा रिलिजको क्रममा रहेको सिनेमा ‘सत्यमेव जयते’ मा देखिदैछन ।

जोनलाई दर्शकले अफिसर लुक्समा रुचाएपछि ‘सरफरोश ‘ निर्माण टिमले उनलाई नै सिनेमामा अभिनय गराउने निर्णय गरेका छन् ।  तर यसमा आमिरलाई एप्रोच गरिएको थियो कि थिएँन भन्ने बारेमा भने केहि खुलाइएको छैन ।  दर्शकले रुचाएको एसिपी राठोरको क्यारेक्टरमा जोन कत्तिको फिट हुन्छन यो भने आउदो दिनले नै बताउनेछ ।  सिनेमामा जोनसँगै को – को हुनेछन भन्ने पनि केहि खुलाइएको छैन।