सानिया मिर्जाको बायोपिक बन्ने

सानिया मिर्जाको बायोपिक बन्ने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – बलिउड सिनेमामा आजभोली खेलाडीहरुको बायोपिक बनाउने होडबाजी चलिरहेको छ । क्रिकेटर महेन्द्र सिंह धोनीको बायोपिक हिट भएपछि बलिउड निर्माता निर्देशकहरु अन्य चर्चित राष्ट्रिय खेलाडीहरुको पछि लागी रहेका छन् ।

हालैमा रिलिज भएको सिनेमा ‘सुरमा’ भारतीय हक्की टिमका पुर्व कप्तान सन्दिप सिंहमाथी जीवनीमा आधारित थियो । यसका अलवा अभिनेत्री श्राद्धा कपुरलाई लिएर व्याडमिन्टन खेलाडी साइना नेहवालको जीवनीमा आधारित सिनेमामा काम गरिरहेकी छिन् । यस्तै अनिल कपुरका छोरा हर्षवर्द्धन कपुरले पनि पुर्व प्रोफेसनल सुटर अभिनव विन्द्रको बायोपिकमा काम गरेका थिए ।

यहि क्रममा अव बायोपिक बन्ने पालो आएको छ सानिया मिर्जाको । उनी चर्चित टेनिस खेलाडी हुन् । उनको जीवनीमा प्रोड्युस’ रानी स्कु्रवालाले सिनेमा बनाउने भएकी छिन् । यसका लागी उनले सानियासँग सहमती लिइसकेकी छन् । सानिया माथी सिनेमा बनाउँन थुप्रै निर्माताहरु लागी परेका थिए । तर रानीले सवैलाई उछिनेर बाजी मारेकी छन् ।

रानी अहिले सिनेमाको लागी निर्देशको खोजीमा जुटिरहेकी छन् । निर्देशकको छनोटपछि मात्रै कलाकारहरु चयन गरिने बताइएको सिनेमाको अहिले स्किृप्ट लेखनको काम भैरहेको छ । यो सिनेमामा सानियाको टेनिस करिअर तथा व्यक्तिगत जिवनलाई प्रस्तुत गरिनेछ । सानियाले पाकिस्तानी क्रिकेट खेलाडी सोयब मल्लिकसँग बिहे गरेकी थिइन् । उनी अहिले गर्भवती छिन् । पाकिस्तानी नागरिकसँग बिहे गरे पनि उनले टेनिसमा भने भारतकै प्रतिनिधित्व गर्दै आएकी छन् ।

सानियाले ६ वर्षको उमेरदेखि नै टेनिस खेल्न थालेकी हुन् । सन् २००३ मा उनले महिलाहरुको बिम्बल्डन डबल्सको टाइटल जितेकी थिइन् । भारत सरकारले सानियालाई विभिन्न पुरस्कार तथा पदकहरुले सम्मानित गरेको छ ।