‘रोजी’ गीत रिलिज ; प्रदीप–मिरुना रोमान्स (भिडियो)

‘रोजी’ गीत रिलिज ; प्रदीप–मिरुना रोमान्स (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – भाद्र २२ गतेबाट रिलिज हुने सिनेमा ‘रोजी’को पहिलो गीत ‘फुल हैन’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा नायक प्रदिप खड्का र नायिका मिरुना मगरलाई फिचर्ड गरिएको छ । यो गीतलाई टर्कीका पर्यटकीय स्थल इस्तानबुल, साल्टलेक र कोनियामा छायांकन गरिएको छ ।

ब्याकग्राउन्ड स्कोरर एलिस कार्कीको संगीत रहेको गीतमा राजेश कुमार श्रेष्ठको शब्द तथा प्रताप दास र प्रविशा अधिकारीको स्वर छ । रोमान्टिक गीतमा कविराज गहतराजको कोरियोग्राफी हेर्न पाइन्छ । क्राइम थ्रीलर र रोमान्टिक जनराको सिनेमालाई नीरक पौडेलले निर्देशन गरेका हुन् । ‘कुसुमे रुमाल २’ र ‘होमवर्क’ फेम्ड निर्देशक पौडेलको यो तेस्रो प्रोजेक्ट हो जसलाई अलग जनरामा बुनिएको छ ।

सिनेमामा अनुप सापकोटाको कथा र केदार भुषालको पटकथा रहेकोछ । सिनेमाले प्रेममा हुने बदला, प्राप्ती, घुम्ती, उतारचढाव र निर्दोषपनको कथा पेश गर्छ । रोजीमा प्रदीप खड्का, मिरुना मगरका अलवा परमिता राणा कर्मा, बरुण राणा लगायतका कलाकारको मुख्य भूमिका छ । सिनेमामा राजुविक्रम थापाको छायांकन, मित्रदेव गुरुङको सम्पादन, एलिस कार्की र अर्जुन पोखरेलको संगीत र बुद्धिलाल मगरको निर्माण नियन्त्रण छ । गोपिकृष्ण मूभिज र आरोही इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो ।