बलिउड डेव्यु गर्दै लुलिया, रणदीपसँग जोडी बाँधिने सम्भावना !

बलिउड डेव्यु गर्दै लुलिया, रणदीपसँग जोडी बाँधिने सम्भावना !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – बलिउड सुपरस्टार सलमान खानकी प्रेमीको रुपमा चर्चामा रहेकी लुलिया वंतुर सिनेमामा डेव्यु गर्ने हल्ला बलिउडमा चल्न थालेको छ । लुलिया पेसाले मोडल हुन् । उनले रोमानियामा मोडलिङका साथै समाचार बाचिकाको रुपमा काम गर्दै आइरहेकी थिइन । योसँगै उनी एउटा राम्रो गायिका समेत हुन् ।

लुलियाले सलमान खानले अभिनय गरेको सिनेमा ‘रेस ३’मा समावेश ‘सेल्फिश’ बोलको गीतमा स्वर दिएकी थिइन् । यसका साथै उनले बलिउडका चर्चित म्युजिक कम्पोजर हिमेश रेशमियाको एल्बमको लागी समेत गीत गाएकी छन् । मोडलिङ र गायनसँगै उनलाई चाँडै बलिउड सिनेमामा अभिनय गरेको हेर्न पाइने भारतीय मिडियाले समाचार प्रकाशन गरेका छन् ।

बलिउड मिडियाका अनुसार लुलियालाई निर्देश प्रेम सोनीले आफ्नो नयाँ सिनेमामा लिड अभिनेत्रीको लागी प्रस्ताव गरेका छन् । प्रेम सोनीले यसअघि प्रिती जिन्टाको ‘इश्क इन पेरिस’ र सलमान खानको ‘मैं और मिसेज खन्ना’ लगायतका सिनेमा निर्देशन गरिसकेका छन् । यस्तै निर्देशक प्रेम सोनी अहिले नयाँ सिनेमाको निर्माणमा जुटेका छन् । जसको लागी लिड अभिनेत्रीमा उनले लुलिया वंतुरलाई अफर गरेका छन् । भारतीय मिडियाका अनुसार यो सिनेमालाई सलमान खानले निर्माण गर्ने सम्भावना रहेको उल्लेख गरेका छन् । यो सिनेमामा लुलियाको जोडीको रुपमा रणदीप हुड्डा रहने चर्चा छ ।