अमिताभको तेलुगुमा डेव्यु ‘साइरा नरसिंम्हा रेड्डी’ टिजर रिलिज

अमिताभको तेलुगुमा डेव्यु ‘साइरा नरसिंम्हा रेड्डी’ टिजर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – तेलुगु सिनेमाका सुपरस्टार चिरञ्जीवीले अभिनय गरेको सिनेमा ‘साइरा नरसिंम्हा रेड्डी’ टिजर रिलिज गरिएको छ । यो चिररञ्जीवीको १ सय ५१ औँ सिनेमा हो । यो सिनेमाको टिजर उनको जन्मदिनको अवसरमा रिलिज गरिएको हो । यसमा अधिकांश तेलुगु सिनेमाका दिग्गज कलाकारहरुको अभिनय रहने छ ।

सिनेमाको सुरेन्द्र ले निर्देशन गरिरहेका छन् । भने यस सिनेमालाई चिरञ्जीवीका छोरा तथा चर्चित अभिनेता राम चरणले निमार्ण गरेका हुन् । साइरा नरसिंम्हा रेड्डी आन्ध्र प्रदेशका पहिला फ्रिडम फाइटर उय्यलावाडा नरसिंहा रेड्डीको बायोपिक हो । उनको नाम भारतीय स्वाधिनता संग्रामको इतिहासमा गर्वका साथ लिने गरिन्छ । उनको युद्ध रणनीती अंग्रेजहरुका लागी टाउको दुखाईको बिषय बनेको थियो ।

सिनेमामा चिरञ्जीवीका अलवा बलिउडका बिग बि अमिताभ बच्चन, जगपती बाबु, नयनतारा, किच्चा सुदीप, विजय सेदुपती, तमन्ना भाटिया र ब्रहम्माजीको मुख्य भुमिका रहने छ । बलिउका बिग बि अमिताभ बच्चनले एक तस्वीर सेयर गर्दै आफ्नो तेलुगु सिनेमामा डेब्युको बारेमा जानकारी दिएका थिए ।