‘रामकहानी’को लिरिकल भिडियो सार्वजनिक

‘रामकहानी’को लिरिकल भिडियो सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – भाद्र २२ गतेबाट अलनेपाल रिलिज हुने सिनेमा ‘रामकहानी’को लिरिकल भिडियो गीत सार्वजनिक गरिएको छ । ‘आँए म तिम्रो छेउ…..’ बोलको गीतको मिभियो सिनेमाको रिलिज मिति नजिकिएसँगै रिलिज गरिएको हो । सार्वजनिक गीतमा सिनेमाका मुख्य दुई पात्र पुजा शर्मा र आकाश श्रेष्ठको चल र अचल दृश्यहरु समावेश गरिएको छ ।

अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतमा सुगम पोदरेल र अञ्जु पन्तको स्वर छ । उक्त गीतले एक जोडीको प्रेमभाव बोल्छ । कमेडी लभस्टोरी जनरामा निर्माण भएको सिनेमालाई सुदर्शन थापाले निर्देशन गरेका हुन् । लभस्टोरी सिनेमामा अब्बल निर्देशको रुपमा चिनीने थापाको ‘रामकहानी’बाट दर्शकले निकै ठुलो अपेक्षा गरेकाछन् ।

‘रामकहानी’को सार्वजनिक गीत, संगीत र ट्रेलरबाट दर्शकमाझ एक प्रकारको हाइप बनाइसकेको छ । मल्टिस्टारर सिनेमाको ओपनिङ व्यापार गज्जबको गर्ने अनुमान सिनेमाकर्मी र निर्माण टिमले गरेको छ । सिनेमा निर्माण टिम यतीवेला ‘रामकहानी’को प्रचार प्रसार आक्रामक बनाउन लागी परेकोछ ।

सिनेमामा पुजा शर्मा र आकाश श्रेष्ठका अलवा केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई, रविन्द्र झा, राजाराम पौडेले लगायतका कलाकारहरुको प्रमुख भूमिका रहेको छ । पुजा शर्मा र सुदर्शन थापाले मिलेर निर्माण गरेको सिनेमाको कथा स्वयम निर्देशक थापाले लेखेका हुन् ।