साम्रज्ञी र धिरज स्टारर ‘इन्टु मिन्टु लण्डनमा’को ट्रेलर सार्वजनिक

साम्रज्ञी र धिरज स्टारर ‘इन्टु मिन्टु लण्डनमा’को ट्रेलर सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – साम्रज्ञी राज्यलक्ष्मी शाह र डेव्यु धिरज मगर स्टारर सिनेमा ‘इन्टु मिन्टु लण्डनमा’को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा सिनेमाका सम्पुर्ण कलाकारलाई फोकस गरिएको छ । लभस्टोरी कथामा निर्माण भएको सिनेमा एक जोडी प्रेमलाई विशेष रुपमा प्रस्तुत गरिएको छ । सार्वजनिक गीत, संगीतबाट दर्शक माझ एक प्रकारको हाइप सिनेमाले बनाइ सकेको छ । ‘इन्टु मिन्टु लण्डनमा’ साम्राज्ञी र धिरजको केमेष्ट्री उत्कृष्ट देखिएको छ ।

प्रज्वल समशेर जबरा र प्रभु समशेर जबराले निमार्ण गरेको सिनेमालाई कोरियोग्राफर रेनेशा वान्तवा राईले निर्देशनमा डेब्यु गरेकी छिन् । आई कोर फिल्मस्को व्यानरमा निर्मित ‘इन्टु मिन्टु लण्डनमा’ का सह-निर्माताहरुमा सुलेखा राई, बसन्त तामाङ र सुष्मिता जिरेल रहेका छन् । सिनेमाको लेखकमा अभिमन्यु दिक्षित र रेनाशा रहेका छन् भने, आभास कर्माचार्यको संवाद रहेको छ ।

शैलेन्द्र धोज कार्कीको छायांकन रहेको सिनेमामा टिसूजिल कर्माचार्य, हर्कुलस बस्नेत, स्वप्न सुमन र बसन्त सापकोटाको संगीत रहेको छ । यो सिनेमा असोज ५ गतेबाट प्रदर्शनमा आउँदैछ । प्रज्ज्वल समशेर जबरा र रेनाशाकै कथा रहेको रोमान्टिक लभस्टोरीमा साम्राज्ञी र धिरजसँगै शारुक ताम्राकार, दिलभुषण पाठक, विजय लामा, रुवी राणालगायत मुख्य भूमिकामा छन् ।