बलिउडका ५ खतरनाक एक्सन तथा स्टन्ट अभिनेता

बलिउडका ५ खतरनाक एक्सन तथा स्टन्ट अभिनेता

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – हलिउड पछिको ठुलो सिनेमा उद्योग हो बलिउड । बलिउडमा पछिल्लो समय यस्ता सिनेमा निर्माण भएका छन् । जहाँ एक्सन फाइटका सिन अत्याधिक देख्न पाइन्छन् । यस्ता सिनेमाले दर्शकको मन जित्नुका साथै त्यो सिनेमामा काम गर्ने अभिनेता पनि दर्शक माझ निहै परिचित हुने गर्दछन् । आज हााि त्यस्ता बलिउड अभिनेताको बारेमा चर्चा गर्न खोजिरहेका छौँ । जो बलिउड सिनेमामा खतरनाक एक्सन र स्टन्ट गर्ने अभिनेताको रुपमा दर्शकले चिन्ने गर्दछन् ।विद्युत जामबाल
विद्युतको नाम विश्वका टप मार्सल आर्टिस्टको लिष्टमा पर्छ। विद्युत बलिउडका सबैभन्दा शक्तिशाली अभिनेता भनेर समेत चिनिएका छन् । उनको सबै सिनेमामा भरपुर एक्सन र खतरनाक स्टन्ट रहने गर्दछ । सिनेमाका लागि खतरनाक सबै स्टन्ट उनी आफै गर्ने गर्दछन् ।सनी देओल
सनी देओलले हरेक सिनेमामा आफ्नो तागतको प्रमाण पेस गरेका छन् । सनीले निजी जीवनमा पनि आफ्नो तागतको सदुपयो गरेको देख्न सकिन्छ । एक सिनेमाको सुटिङमा उनलाई रिस उठेको थियो । उक्त घटनामा उनले एक औलोले कपडा च्यातेका थिए । सनी पनि आफ्नो सिनेमामा स्टन्ट आफै गर्ने अभिनेता हुन् ।अक्षय कुमार
बलिउडका खेलाडी कुमार अक्षयलाई कुनै परिचयको आवश्यक छैन । अक्षयले बलिउडका एक से एक सिनेमा अभिनय गरेका छन् । अक्षय कुमारलाई एक्सन र स्टन्टको गुरु समेत भनिएको छ । अक्षयको हरेक सिनेमामा धमाकेदार एक्सन र स्टन्ट हुने गर्दछन् ।टाइगर श्रॉफ
बलिउड अभिनेता ज्याकी श्रापका छोरा टाइगर पनि एक्सनका कारणले चिनिएका छन् । उनले सिनेमा ‘बागी’र ‘बागी २’मा पनि भरपुर एक्सन देखाएका थिए । उनी खतरनाक स्टन्ट गर्नमा समेत माहिर छन् ।जोन अब्राहम
जोन अब्राहमको नाम पनि खतरनाक स्टन्ट गर्ने अभिनेताको लिष्टमा सामिल छ । उनले आफ्ना सबै सिनेमामा एक से एक एक्सन देखाएका छन् । सिनेमामा खतरनाक एक्सन गर्न मनपर्ने बताउने उनी स्टन्ट पनि आफै गर्न रुचाउँछन् ।