आर्यन र सृष्टि स्टारर ‘बाँध मायाले’को ट्रेलर सार्वजनिक

आर्यन र सृष्टि स्टारर ‘बाँध मायाले’को ट्रेलर सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – असोज ५ गतेबाट रिलिज हुने सिनेमा ‘बाँध मायाले’को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा एक प्रेम जोडीको जिवनमा आउने माया प्रेम, हाँसो, रोदन र द्धन्द्वको कथा पेश गरिएको छ ।

सिनेमाको तीन मिनेट लामो ट्रेलरमा आर्यन अधिकारी, सृष्टि श्रेष्ठ, राजाराम पौडेल, डेव्यु नायक किशोर खड्का लगाएतका कलाकारलाई ट्रेलरमा प्रस्तुत गरिएको छ । ‘बाँध मायाले’को टिजर र गीत रिलिज पश्चात अफिसियल ट्रेलर रिलिज गरिएको हो ।

काइट्स इन्टरटेनमेन्टको प्रस्तुती रहेको सिनेमा ‘बाँध मायाले’ मा रामहरी धिताल र बिभिषिका श्रेष्ठ निर्माताको रुपमा रहेका छन् भने सह निर्मातामा महेन्द्र अधिकारी र केदार धिताल छन् । अर्जुन पोखरेलेको संगीत, बाबु श्रेष्ठको छायाँकन र रोशन श्रेष्ठको द्धन्द्ध निर्देशन छन् । कोरियोग्राफी कविराज गहतराज र रामजी लामिछानेले गरेका छन् ।