आर्यन र खुशीलाई बलिउड डेव्यु गराउँदै करण जोहर

आर्यन र खुशीलाई बलिउड डेव्यु गराउँदै करण जोहर

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – बलिउड अभिनेत्री श्रीदेवी छोरी जान्भी कपुरले धडक सिनेमाबाट बलिउडमा डेब्यु गरिन् । यो सिनेमा बक्सअफिसमा हिट सावित भयो । धडकबाट उनले गरेको अभिनयले पनि दर्शकबाट प्रसंशा पाएकी थिइन । योसँगै अहिले बलिउडमा एउटा खबर फैलिरहेको छ । जान्भीकी कहिनी खुशी कपुर पनि बलिउडमा डेब्यु गर्दैछिन् । यो पनि चर्चा भैरहेको छ, कि खुशी शाहरुख खानका छोरा आर्यन खानको जोडी भएर बलिउडमा डेब्यु गर्दैछिन् ।

बलिउड मिडियाले कपुर परिवाको नजिकको शुत्रको हवला समाचार प्रकाशन गरेका छन् । खुबी चाँडै बलिउडमा आफ्नो कदम राख्दै छिन् । जान्भीलाई जस्तै खुशीलाई पनि बलिउडका चर्चित निर्माता तथा निर्देशक करण जोहरले बलिउड डेब्यु गराउने छन् । उनले बलिउडका स्टार किडलाई सिनेमामा डेब्यु गराउँदै आइरहेका छन् । यो खबरलाई करण गोप्य राख्न चाहान्छन् । बलिउड मिडियाका अनुसार करण अहिले आर्यन र खुशीको लागी प्रफेक्ट स्किृप्टको खोजीमा लागेका छन् ।

सुत्रका अनुसार खुशीलाई आर्यन खानको ओपजीटमा डेब्यु गराउने प्लान करण जोहरले बनाएका हुन् । करणले शाहरुखको छोरा आर्यनका साथै उनकी छोरी सुहाना खानलाई पनि बलिउडमा डेब्यु गराउने बारेमा सोचिरहेका छन् ।