शारुक र साम्राज्ञीको ‘जुरायो जुरायो’ रिलिज !

शारुक र साम्राज्ञीको ‘जुरायो जुरायो’ रिलिज !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – आगामी असोज ५ गते रिलिज हुने सिनेमा ‘इन्टु मिन्टु लण्डनमा’को गीत सार्वजनिक गरिएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि सिनेमाको गीत सार्वजनिक गरिएको हो । बिहेको सेटअपमा तयार पारिएको गीतमा सिनेमाका मुख्य पात्र साम्राज्ञी राज्यलक्ष्मी शाह र शारुक ताम्राकारलाई फिचर्ड गरिएको छ । भिडियोमा मेकिङ क्वालिटी उच्च देखिएको छ ।सार्वजनिक गीतमा संगीतकार बसन्त सापकोटाको शब्द तथा संगीत  रहेको गीतमा राजेश पायल राई र मेलिना राईको स्वर छ । सिनेमाको सार्वजनिक गीत, संगीत र ट्रेलरबाट दर्शकमाझ एक प्रकारको हाइप बनाइसकेको छ । जसको कारण सिनेमा सफल हुनेमा निर्माण टिम ढुक्क छ । यहि सिनेकाबाट नव-नायक धिरज मगरले नेपाली सिनेमा उद्योगमा पाइला चाल्दैछन् ।

सफल कोरियोग्राफर रेनेशा वान्तवा राईले निर्देशनमा डेब्यु गर्न लागेकी हुन् । आईकोर फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमालाई प्रज्वल शमसेर जबरा र प्रभु शमसेर जबराले मिलेर निर्माण गरेका हुन् । सिनेमाका सह-निर्माताहरुमा सुलेखा राई, बसन्त तामाङ र सुष्मिता जिरेल रहेका छन् । ‘इन्टु मिन्टु लण्डनमा’ साम्राज्ञी राज्यलक्ष्मी शाह र नव नायक धिरज मगरका अलवा शारुक ताम्राकार अर्जुन श्रेष्ठ, दिलभुषण पाठक, विजय लामा, रुवी राणालगायतको पनि अभिनय छ । प्रज्ज्वल समशेर जबरा र रेनाशाकै कथा रहेको सिनेमाको लेखकमा अभिमन्यु दिक्षित र रेनाशा रहेका छन् भने, आभास कर्माचार्यको संवाद रहेको छ ।शैलेन्द्र धोज कार्कीको छायांकन रहेको फिल्ममा टिसूजिल कर्माचार्य, हर्कुलस बस्नेत, स्वप्न सुमन र बसन्त सापकोटाको संगीत सिनेमामा रहेको छ ।