‘दैलो’को आइटम गीत सार्वजनिक

‘दैलो’को आइटम गीत सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – नेपाली सिनेमा ‘दैलो’मा समावेश आइटम गीत सार्वजनिक गरिएको छ । कात्तिक ३० गतेलाई प्रदर्शन मिती फाइनल गरिएको सिनेमा दैलोको ‘लाग्यो मलाई…….’ बोलको गीतमा मोडल पवन पाठकलाई फिचर्ड गरिएको छ ।

लक्षु प्रकाश मल्लको संगीत रहेको गीतमा विमल भट्टराईको शब्द तथा दुर्गा साउदको स्वर छ । सुरेश उपेतीको निर्माण तथा निर्देशन रहेको सिनेमामा सुरेश उप्रेती दुर्गा साउद, विकाश चापागाई दीपक डोटेल मुना प्रसाई लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

जमुना देवी फिल्म्सको ब्यानरमा निर्माण भएको सिनेमालाई अर्जुन उप्रेती र यसोदा उप्रेतीले संयुक्त रुपमा निर्माण गरेका हुन् । विमल भट्टराईको छायांकन, तारा थापा ‘किम्भे’को सम्पादन रहेको सिनेमा अहिले निर्माण भैरहेको सिनेमा भन्दा फरक रहेको निर्देशक उप्रेतीले बताए ।