टाइगरका लागि दिशा साथीभन्दा माथी !

टाइगरका लागि दिशा साथीभन्दा माथी !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं  – सिनेमा नगरीमा आएयता अभिनेता टाइगर श्राफको नाम अभिनेत्री दिशा पटानीसँग जोडिने गरेको छ। थुप्रै महत्वपूर्ण अवसरहरूमा दुबैलाई एकअर्कासँग देखिने गरेको छ। तरपनि उनीहरू दुबैलेआजसम्म आफूहरू प्रेममा रहेको कुरालाई खुलेर स्वीकार गरेका छैनन्। तर सोको बारेमा टाइगरले नयाँ संकेत दिएका छन्। उनले दिशासँगको हेलमेल मित्रता भन्दा बढि रहेको बताएका छन्। उनले दिशाको खुलेर तारिफसमेत गरेका छन्।

‘इन्डिया टुडेको मान्ड रक्स यूथ समिट २०१८’मा शनिवार उनले यस्तो भने, ‘हामी साथी हुन सक्छौ ? तर हामीमा साथी भन्दा पनि बढि छ। हामी असाध्यै मिलने साथीहरू हौं। उनी धेरै प्रेरेणादायी र कर्मशिल छिन्। उनमा सुन्दरता र क्षमताको मात चढेको छैन्। सफलताका बाबजुत पनि उनी परिर्वतन भएकी छैनन्।’

आगामी सिनेमामा टाइगर ऋतिक रोशनसँग काम गर्दैछन्।