वैदेशिक रोजगारीको कथा रहेको ‘निर्जला’ ट्रेलर रिलिज

वैदेशिक रोजगारीको कथा रहेको ‘निर्जला’ ट्रेलर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – असोज १९ गते रिलिज हुने सिनेमा ‘निर्जला’को ट्रेलर सार्वजनिक गरिएको छ । राजु गिरीको निर्देशनमा तयार भएको सिनेमाको सार्वजनिक ट्रेलरमा वैदेशिक रोजगारीले समाजमा पारेको प्रभाव र सिनेमाका मुख्य पात्र किशोर खतिवडा, शुभेच्छा थापा र निक शर्माको त्रिकोणात्मक प्रेमलाई समावेश गरिएको छ ।

प्रकाशचन्द्र न्यौपानेले निर्माण गरेको सिनेमाको कथा शुभेच्छा आफैले लेखेकी हुन् । सिनेमामा किशोर र शुभेच्छाका साथमा श्याम राई, सुरवीर पण्डित, निक शर्मा, राजकुमार थापा, पल्पसा डंगोल, रश्मी भट्टलगायतका कलाकारको अभिनय छ । सिनेमामा अशोक खड्काको द्धन्द्व, कमल राईको कोरियोग्राफी ,रबि कोइरालाको छायांक, तारा थापा किम्भले सम्पादन रहेको छ ।