सैफ र राधिका स्टारर सिनेमा बजारको ट्रेलर रिलिज

सैफ र राधिका स्टारर सिनेमा बजारको ट्रेलर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – सेक्रेट गेम्स वेब सिरिजको सफलताले सैफ अली खान अहिले नीकै खुशी छन् । उनै सैफको मुख्य भुमिका रहेको सिनेमा ‘बजार’को ट्रेलर सार्वजनिक गरिएको छ । लामो समय पश्चात सैफ शेयर बजारको बादशाह बनेर ठुलो पर्दामा फिरेका छन् । मंगलबार यो सिनेमाको ट्रेलर सार्वजनिक गरिएको हो ।

‘बजार’मा सैफ अली खानको लुक्स दमदार देखिएको छ । भने उनले बोलका केही डाइलग ओजनदार छन् । जसले गर्दा सार्वजानिक ट्रेलर उत्कृष्ट लाग्छ । यो सिनेमामा सैफका अलवा राधिका आप्टे, चित्रागदा सिंह, रोहन मेहरा लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । रोहन मेहरा यहि सिनेमाबाट बलिउडमा डेव्यु गर्दैछन् । रोहन स्वर्गीय अभिनेता विनोद मेहराका छोरा हुन् ।

शेयर बजारको उतार चढाव र पैसा कमाउने होडमा लागेको एक युवाको कथामा निर्माण भएको सिनेमालाई गौरव चावलाले निर्देशन गरेका हुन् ।