शुभेच्छाको ‘सबैकी प्यारी निर्जला’ गीत रिलिज (भिडियो)

शुभेच्छाको ‘सबैकी प्यारी निर्जला’ गीत रिलिज (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – राजु गिरी निर्देशित सिनेमा ‘निर्जला’ को शिर्ष गीत सार्वजनिक भएको छ । ‘सबैकी प्यारी निर्जला…..’ बोलको गीतमार्फत् अभिनेत्री शुभेच्छा थापा आफ्नो बारे अरुले गरेको तारिफ सुनाउँदैछिन् । बाबुल गिरीको संगीत रहेको गीतमा राम रुवालीको शब्द तथा मेलिना राईको स्वर रहेको छ । यस सिनेमामा शुभेच्छा थापाका अलावा किशोर खतिवडा, निक शर्मा, श्याम राई, पल्पसा डंगोल लगायतका कलाकारको अभिनय रहेको छ ।

असोज १९ गते आउने सिनेमाले वैदेशिक रोजगारीले समाजमा पारेको प्रभावसँगै त्रिकोणात्मक प्रेम कथालाई वाचन गर्ने निर्देशक राजु गिरीले बताए । सिनेमामा अशोक खड्काको द्वन्द्व, कमल राईको नृत्य तथा रवि कोइरालाको छायांकन रहेको छ । प्रकाशचन्द्र न्यौपाने निर्माण गरेको सिनेमा ‘निर्जला’ ले गाउँले परिबेशको कथा भन्छ ।