बक्सअफिसमा सुई धागाको उत्कृष्ट सुरुवात, पटाखाको सुस्त !

बक्सअफिसमा सुई धागाको उत्कृष्ट सुरुवात, पटाखाको सुस्त !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – वरुण धवण र अनुष्का शर्माको सिनेमा ‘सुई धागा’ले घरेलु बक्स अफिसमा पहिलो दिन राम्रो शुरुवात गरेको छ । यस्तै सिनेमाले पहिले दिन बक्स अफिसमा ८.३ करोड कलेक्शन गरेको छ । भने दोस्रो दिन १२.२५ करोड र तेस्रो दिन १६.०५ करोड व्यापार गर्दै सिनेमाले बक्सअफिसमा उत्कृष्ट सुरुवातलाई निरन्तरता दिएको छ ।

ट्रेन्ड एनालिस्ट तरण आदर्शले आफनो ट्विटरमा जानकारी दिएका थिए । साथै उनले गान्धी जयन्ती विदाको दिन धेरै कलेक्शन गर्न सक्ने आशा राखेका छन् । वरण र अनुष्काको दर्जी अवतारले दर्शकको ध्यान खिचेको छ । अनुष्का र वरुणको नयाँ अवतारलाई कतिले मन पराएका छन् भने कतिले राम्रो छैन भन्ने जस्ता प्रतिक्रिया दिएका छन् ।

सुई धागासँगै विशाल भारद्वाजको सिनेमा पटाखा रिलिज भएको थियो । पटाखाले बक्स अफिसमा राम्रो कलेक्शन गर्न सकेन । यो सिनेमाले शुरुको दिनमा मात्र ९० लाख जम्मा गरेको छ ।तर दोस्रो दिन १.४० करोड र तेस्रो दिन १.७५ करोड कारोबार बलिउड बक्सअफिसमा गरेको छ । यस सिनेमामा राधिका मदान, सान्या मल्होत्रा र सुनिल गोवरको अभिनय रहेको छ ।