‘चौका दाउ’को दोस्रो गीत ‘मेरो माया कतारमा’ रिलिज (भिडियो)

‘चौका दाउ’को दोस्रो गीत ‘मेरो माया कतारमा’ रिलिज (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – पौष २७ लाई आफ्नो अफिसियल रिलिज डेट तोक्दै सिनेमा ‘चौका दाउ’को दोस्रो गीत सार्वजनिक गरिएको छ । ‘मेरो माया कतारमा…’ बोलको गीतमा सिनेमाका मुख्य कलाकार सन्तोष पन्त, विल्सन विक्रम राई, तैयव शाह, रविन्द्र झा, निर्मल शर्मा, वर्षा रावत, अजस्र ढुंगाना, सोनिका केसी लगायतका कलाकारलाई फिचर्ड गरिएको छ ।

सार्वजनिक गीतमा शम्भुजीत बास्कोटाको संगीत, श्रीपुरुष ढकालको शब्द तथा संगीतकार बास्कोटा र सुमन गुरुङको स्वर छ । उक्त गीतमा बसन्त श्रेष्ठको कोरियोग्राफी रहेको छ । सौर्यजीत प्रोडक्सनको व्यानरमा निर्माण भएको सिनेमामा सौर्यजीत बास्कोटा र मनोजराज भण्डारीको लगानी रहेको छ ।

सिनेमामा शम्भुजीत बास्कोटाको कथा, अभिमन्यु निरवीको पटकथा तथा संवाद, दीर्घ गुरुङको छायांकन, मित्र डि गुरुङको सम्पादन रहेको छ । ‘चौका दाउ’लाई ‘संरक्षण ‘डेव्यु निर्देशक पुर्णेन्दु झाले निर्देशन गरेका हुन् ।