सलिन र साम्रज्ञी स्टारर ‘ए मेरो हजुर २’ युट्युबमा रिलिज (भिडियो)

सलिन र साम्रज्ञी स्टारर ‘ए मेरो हजुर २’ युट्युबमा रिलिज (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – गतवर्षको सुपरहिट सिनेमा ‘ए मेरो हजुर २’ युट्युबमा रिलिज गरिएको छ । सुहाना इन्टरटेनमेन्टको ब्यानरमा सुनिल कुमार थापाले निर्माण गरेको सिनेमालाई अभिनेत्री झरना थापाले निर्देशन गरेकी हुन् । तिहारमो अवसरमा सिनेमा युट्युबमा रिलिज गरिएको हो ।

हरिहर अधिकारीको कथा लेखन रहेको सिनेमामा सामिप्यराज तिमिल्सेनाको पटकथा तथा संवाद रहेको छ । सिनेमामा साम्रज्ञी राज्यलक्ष्मी शाह, सलिनमान बनिया, सलोन बस्नेत, विल्सन विक्रम राई, बुद्धि तामाङ, बालकलाकार अनुभव रेग्मी, अम्बर सुवेदी, सुमन पौडेल, अजस्र ढुंगाना, अनुराग कुवर लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

झरना थापाको डेब्यु निर्देशन रहेको सिनेमामा बसन्त सापकोटा, कल्याण सिंहको संगीत, संजय लामाको छायांकन, रोशन श्रेष्ठको द्धन्द्व, कविराज गहतराज र बसन्त श्रेष्ठको कोरियोग्राफी, बनिष शाह र मिलन श्रेष्ठको सम्पादन रहेको छ ।