स्वस्तिमा र मुकुन स्टारर ‘बुलबुल’ टिजर रिलिज (भिडियो)

स्वस्तिमा र मुकुन स्टारर ‘बुलबुल’ टिजर रिलिज (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – फाल्गुन ३ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने सिनेमा ‘बुलबुल’को टिजर सार्वजनिक गरिएको छ । सिनेमाको सार्वजनिक टिजरमा सिनेमाका मुख्य दुई पात्र स्वस्तिमा खड्का र मुकुन भुषाललाई स्थान दिएको छ । ‘बुलबुल’मा नायिका स्वस्तिमा खड्का पहिलो पटक टेम्पो ड्राइभरको भुमिकामा देखिँदैछिन् । ४५ दिन अघि बाटोमा नायक नायिकालाई नचाएर बेग्लै तरिकाले गीत सार्वजनिक गरेको ‘बुलबुल’को टिजर पनि अनौठो स्वादमा आएको छ ।

भ्यालेन्टाइनको छेको पारेर प्रदर्शनमा आउने चलचित्र बुलबुलको ‘खुद्राखाद्री मायाले..’ बोलको गीत पनि यतिखेर बजारमा दिनप्रतिदिन लोकप्रिय हुँदैगएको छ । सिनेमाका निर्माता अविरल थापाले अब हरेक १० दिनको अन्तरालमा अन्य रोचक र अनौठा प्रचार सामग्रीहरु क्रमश सार्वजनिक हुँदै जाने बताए । ‘बुलबुल’का कार्यकारी निर्माता रामराजा दाहाल हुन् भने सिनेमामा सुसन प्रजापतिको छायाँकन रहेको छ । ।

सिनेमामा स्वस्तिमा खडका डेब्यु नायक मुकुन भुसालका अलावा बुद्धि तामाङ्ग ,दिपक क्षेत्री ,लक्ष्मी बर्देवा, एलिना कार्की ,जोयश पाण्डे, उज्जल अधिकारी , सृष्टि भट्टराई आदिको अभिनय रहेको छ । सिनेमामा संगीत कोशिस क्षेत्री र उदगम परियारले दिएकाछन् भने स्वर निश्चल बस्नेत र रजिना रिमालको रहेको छ ।