‘बागी ३’मा टाइगरको सारासँग रोमान्स पक्का

‘बागी ३’मा टाइगरको सारासँग रोमान्स पक्का

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता टाइगर श्राफको हिट सिरीज ‘बागी ३’को घोषणा ‘बागी २’को ट्रेलर सार्वजनिक कार्यक्रम मै गरिएको थियो । सिनेमामा मुख्य अभिनेतामा टाइगर श्राफ पहिले देखि नै फाइनल छन् । तर अब यो सिनेमाका लागी मुख्य अभिनेत्री पनि फाइनल भएको खबर बलिउड मिडियाले प्रकाशन गरेका छन् ।

बलिउड मिडियाका अनुसार ‘बागी ३’मा केदारनाथ र सिम्बा गर्ल सारा अली खानको इन्ट्री भएको छ । बलिउड मिडियाका अनुसार यो सिनेमामा टाइगरले सारा अली खानसँग अनस्क्रिनमा रोमान्स गर्ने पक्का भएको छ । ‘बागी ३’को तयारी निर्माता साजिद नाडियाडवाल र टाइगर श्राफले धमाधम गरिरहेका छन् । टाइगर यो सिनेमामा अघिल्ला दुई सिरिज भन्दा हरेक कोणबाट उत्कृष्ट बनाउन चाहन्छ । बिशेष गरी दर्शकले सिनेमामा एक्सन पार्टलाई अत्याधिक रुचाएकाले पनि यो सिनेमा दमदार एक्सनको लागी उनले निकै मेहनत गरिरहेका छन् ।

‘बागी’को हरेक सिरिजमा नयाँ नयाँ अभिनेत्रीले काम गरिरहेका छन् । जस्तै ‘बागी’मा श्रद्धा कपुर, ‘बागी २’मा दिशा पटानीसँग टाइगरले काम गरिसकेका छन् । जसले गर्दापनि निर्माता साजिद नाडियाडवाल तेस्रो सिरिजको लागी पात्र सुहाउँदो कलाकार खोजीरहेका थिए । ‘केदारनाथ’ र ‘सिम्बा’मा साराले गरेको काम मन परेकाले पनि उनलाई ‘बागी ३’को लागी रोजेको चर्चा बलिउड मिडियामा छाएको छ ।