‘दि म्यान फ्रम काठमाडौं’को एकसाथ रोमान्टिक पोस्टर, गीत र ट्रेलर रिलिज

‘दि म्यान फ्रम काठमाडौं’को एकसाथ रोमान्टिक पोस्टर, गीत र ट्रेलर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – पहिलो पटक नेपाली र अंग्रेजी भाषामा निर्माण गरिएको नेपाली सिनेमा ‘दि म्यान फ्रम काठमाडौं’को रोमान्टिक पोस्टर, गीत र नयाँ ट्रेलर सार्वजनिक गरिएको छ । सिनेमा निर्माण युनिटले बिहिबार काठमाडौंमा एक कार्यक्रमको गरि गीत, ट्रेलर र पोस्टर सार्वजनिक गरिएको हो । आज सार्वजनिक गरिएको सिनेमाको रोमान्टिक पोस्टरमा मुख्य कलाकार जोसे मानुइल र अभिनेत्री आना शर्मालाई स्थान दिइएको छ ।

आगामी चैत्र १ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने सिनेमाको आकाशै घुमेर बोलको गीतमा पनि आना र जोसेलाई फिचर्ड गरिएको छ । योसँगै ‘दि म्यान फ्रम काठमाडौं’को नयाँ एक्सन ट्रेलर पनि सार्वजनिक गरिएको थियो । सिनेमाको यसअघि सार्वजनिक ट्रेलरले दर्शक तथा सिनेमाकर्मीबाट राम्रो प्रतिक्रिया पाएको थियो । जसले गर्दा निर्माण टिमले आज सार्वजनिक गरेको गीत, ट्रेलर र पोस्टरले पनि दर्शक तथा सिनेमाकर्मीबाट सकारात्मक प्रतिक्रिया पाउने बिश्वास रहेको छ ।

https://youtu.be/c_NXIpHAcVY

सार्वजनिक गीतमा स्वर निकिता श्रेष्ठको छ भने शब्द संगीत जेसन कुवंरको छ । सिनेमालाई कार्लोस मेडिनाले खिचेका हुन् । नेपालसँगै हलिउड, बलिउड र पाकिस्तानी कलाकारको समिश्रण रहेको सिनेमालाई पेमा धोन्डुपले निर्देशन गरेका छन् ।

निर्देशक पेमासँगै नकिम उद्धिनको निर्माण बनेको सिनेमामा चर्चित भारतिय कलाकार गुल्सन ग्रोबर पाकिस्तानी कलाकार हमिद शेखसँगै नेपाली कलाकार नीर शाह, कर्मा शाक्य, मिथिला शर्मा, शिशिर बाङ्देल, सुनिता ठाकुर, परमिता आर एल राना अभिनयमा छन् ।