राम चरण स्टारर सिनेमा ‘विनाया विद्या राम’को ट्रेलर रिलिज (भिडियो)

राम चरण स्टारर सिनेमा ‘विनाया विद्या राम’को ट्रेलर रिलिज (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – साउथ सुपरस्टार राम चरण अभिनीत सिनेमा ‘विनाया विद्या राम’को ट्रेलर सार्वजनिक गरिएको छ । यो एक रोमान्टिक एक्सन लभस्टोरी कथामा निर्माण भएको सिनेमा हो । सिनेमाको कथा फोहोरी राजनीतिज्ञ, भ्रष्टचार र हिंसाको वरिपरी कथा घुमेको छ । यो सिनेमामा बलिउडमा नाम चलेका कलाकार विवेक ओबरायको पनि मुख्य भुमिकामा छन् ।

सिनेमामा राम चरण र विवेक ओबरायका अलवा कियारा आडवाणीको समेत मुख्य भुमिका रहेको छ । सिनेमामा कथा, पटकथा तथा संवाद निदेशक वोयापती श्रीनुको रहेको छ । डिभिभि डानाया इन्टरटेनमेन्टको ब्यानरमा सिनेमा निर्माण भएको हो ।