प्रधानमन्त्री नरेन्द्र मोदी बन्दै विवेक ओबराय ?

प्रधानमन्त्री नरेन्द्र मोदी बन्दै विवेक ओबराय ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काडमाडौं – २०१८ मा वर्षकै सर्वाधिक कमाउने सिनेमा ‘सञ्जु’ बनेको छ । ‘सञ्जु’को सफलता पश्चात बलिउमा बायोपिक सिनेमा निर्माणमा बाढि’ नै आएको छ । अहिले बलिउडमा भारतका प्रधानमन्त्री मनमोहन सिंहको बायोपिक सिनेमा दि एक्सिडेंटल प्राइम मिनिस्टर’को चर्चा भैरहेको छ । यसै चर्चाका बिच अब भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी माथी सिनेमा निर्माण हुने भएको छ ।

यो सिनेमाको नाम ‘पिएम नरेन्द्र मोदी’ रहने भएको छ । सिनेमामा प्रधानमन्त्री मोदीको भुमिकामा बलिउडका चर्चित कलाकार विवेक ओराय देखिने भएका छन् । पहिला यो भुमिकामा परेश रावल देखिने चर्चा थियो । तर अब यो भुमिकामा विवेकको इन्ट्री भए पश्चात परेशको चर्चा सेलाएको हो । नरेन्द्र मोदीको बायोपीक बन्ने पुष्टी तरण आदर्शले ट्विटरबाट जानकारी दिएका हुन् ।

सिनेमाको फस्टलुक पोस्टर आगमी ७ जनवरीमा सार्वजनिक गरिने बलिउड मिडियाले समाचार प्रकाशन गरेका छन् । यो सिनेमालाई ओमंग कुमारले निर्देशन गर्दैछन् । सिनेमामा संदीप सिंहले निर्माण गर्दैछन् । यो सिनेमाको गुजरात, दिल्ली, हिमाचल प्रदेश र उत्तरप्रदेशमा छायांकन हुनेछ । यो सिनेमाको लागी विवेक ओवरायले निकै मेहनत गरिरहेका छन् ।