प्रेम, विछोड र बदलाको कथा ‘प्रेमलीला’ ट्रेलर रिलिज (भिडियो)

प्रेम, विछोड र बदलाको कथा ‘प्रेमलीला’ ट्रेलर रिलिज (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – फागुन १० गतेबाट सार्वजनिक प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘प्रेमलीला’को ट्रेलर सार्वजनिक गरिएको छ । सिनेमाको सार्वजनिक ट्रेलरमा मुख्य पात्रहरु दिपशिखा खड्का, अलि खान र मौसम खड्काबिचको प्रेम, बिछोड र बदलाको कथा पेश गरेको छ । सिनेमामा एउटा केटीले प्रेममा धोका भए पश्चात गर्ने संघर्ष र बदलाको कथा सिनेमाले उठान गरेको अभिनेत्री दिपशिखा खड्काले बताइन ।

जनक पाण्डे निर्देशीत सिनेमा फैजली फिल्मस् प्रोडक्सनको ब्यानरमा दिपशिखा खड्का र नानी मैया कार्कीले संयुक्त रुपमा सिनेमा निर्माण गरेकाका हुन् । दीपशिखा खड्काका अलवा भारतीय मोडल अली खानको मुख्य भूमिका रहेको सिनेमामा मौसम खड्का, सुरज तमु, रेखा शाह, शर्मिला शर्मा, भारतीय कलाकारहरु अर्चना शुक्ला, ट्वीकंल श्रीवास्तवलगायतको पनि अभिनय छ ।

नायिका खड्काकै कथा, पटकथा तथा संवाद रहेको सिनेमाले अन्तर्देशीय प्रेमकथा वाचन गरेको छ । सिनेमामा पबन गौतमको छायांकन, चन्दन दत्त र सालिक राम दुलालको सम्पादन रहेको छ । सिनेमाको फस्टलुक पोस्टर र दुई गीत सार्वजनिक भइसकेको छ । सिनेमामा महेश खड्का, नबिन कार्की र रबिराज शाहको संगीत, राजेश पायल राई, शोभा पाण्डे र भारतीय गायक राजा हसनको स्वर रहेको छ ।