साराले ‘बागी ३’मा टाइगरको जोडी भएर काम गर्न अस्वीकार

साराले ‘बागी ३’मा टाइगरको जोडी भएर काम गर्न अस्वीकार

द सिनेमा टाइम्स
0
Shares

द सिनमा टाइम्स, काठमाडौं – बलिउड कलाकार सैफ अली खान र अमृता सिंहकी छोरी सारा अली खानको चर्चा अहिले बलिउडमा निकै भैरहेको छ । ‘केदारनाथ’मा सुशान्त सिंह राजपुतको जोडी बनेर बलिउडमा डेब्यु गरेकी सारालाई आफ्नो सिनेमामा लिएर काम गर्न चाहाने निर्माता निर्देशकको लाइन लामै छ । यसैविच केही समयदेखि साराले टाइगर श्राफको जोडी भएर ‘बागी ३’मा काम गर्न लागेको चर्चा चलिरहेको थियो ।

यसैविच साराले ‘बागी ३’मा काम गर्न अस्वीकार गरेको खबर आइरहेको छ । बलिउड मिडिया जुमका अनुसार ‘बागी ३’मा साराको रोल धेरै लामो नभएकाले काम गर्न अस्वीकार गरेको उल्लेख गरेको छ । साराले अभिनय गरेका दुई सिनेमा ‘सिम्बा’ र ‘केदारनाथ’ले बक्सअफिसमा राम्रो ब्यापार गरेका थिए । यि दुई सिनेमाको सफलताले साराको फ्यान फ्लोइङ निकै बढेको बलिउड मिडियाको बुझाइ छ । भने साराको चुलबुले व्यावहारले पनि दर्शकले निकै रुचाएका छन् ।

साजिद नाडियानवालाको ब्यानरमा निर्माण भएको सिनेमा ‘बागी’ र ‘बागी २’ले बक्सअफिसमा बम्पर ब्यापार गरेका थिए । ‘बागी ३’को फस्टलुक र रिलिज मिती निर्माण टिमले घोषणा गरिसकेको छ । ‘बागी ३’ अर्को वर्ष अर्थात २०२० को मार्च ६ तारिखबाट विश्वभरका सिनेमा घरमा रिलिज हुने छ । यो सिनेमालाई पनि बागी सिरिज निर्देशक अहमद खानले निर्देशन गर्नेछन् । टाइगर ‘बागी’मा श्रद्धा कपुर, ‘बागी २’मा दिशा पटानीसँग स्त्रीन सेयर गरेका थिए ।