अमिताभ र तपसीको बदला ट्रेलर रिलिज (भिडियो)

अमिताभ र तपसीको बदला ट्रेलर रिलिज (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउडका बिग बी अमिताभ बच्चन र तपसी पन्नु स्टारर सिनेमा ‘बदला’को ट्रेलर सार्वजनिक गरिएको छ । सिनेमालाई ‘कहानी’ र ‘कहानी २’ फेम्ड निर्देशक सुजोय घोषले निर्देशन गरेका हुन् । सस्पेन्स थ्रिलर कथामा निर्माण भएको सिनेमामा अमिताभलाई वकिल र तपसीलाई बिजनेस म्यानकी श्रीमतीको भुमिकामा देख्न सकिन्छ ।

‘जिरो’को असफलतामा रुमल्लीएका बलिउड सुपरस्टार शाहरुख खानको पनि सिनेमामा बिशेष भुमिकामा देखिने बलिउड मिडियाले जनाएका छन् । ‘बदला’ शाहरुख खानको प्रोडक्सन हाउस रेड चिल्ली इन्टरटेनमेन्टको ब्यानरमा गौरी खानले निर्माण गरेकी हुन् । गौरी शाहरुख खानकी पत्नी हुन् । बलिउडको सफल सिनेमा ‘पिंक’ पश्चात अमिताभ र तपसीले एक साथ ‘बदला’मा काम गरेका छन् ।