शुक्रबारबाट हलमा दुई सिनेमा ‘बुलबुल’ र ‘जादुगर २ जोकर’ रिलिज

शुक्रबारबाट हलमा दुई सिनेमा ‘बुलबुल’ र ‘जादुगर २ जोकर’ रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आज शुक्रबारबाट दुई नेपाली सिनेमा ‘बुलबुल’ र ‘जादुगर २ जोकर’ले आफ्नो प्रदर्शनको सुरुवात गरेका छन् । विनोद पौडेलको निर्देशनमा स्वस्तिमा खड्का स्टारर सिनेमा ‘बुलबुल’ ट्रेलर र गीतका कारण चर्चाामा रहेको छ । भने यो सिनेमासँग विना प्रसार प्रसार हास्य कलाकार महादेव त्रिपाठीको निर्देशनमा तयार भएको सिनेमा ‘जादुगर २ जोकर’ प्रदर्शनमा आएको छ ।

विनोद पोडेल निर्देशित सिनेमामा स्वस्तिमा खड्काका अलवा मुकुन भुषाल, बुद्धि तामाङ्ग, दिपक क्षेत्री, लक्ष्मी बर्देवा, एलिना कार्की, जोयश पाण्डे, उज्जल अधिकारी, सृष्टि भट्टराई आदिको पनि अभिनय छ । बुलबुलमा अविरल थापाको लगानी रहेको छ । भने सिनेमाका कार्यकारी निर्माता राजाराम दाहाल हुन् । यस सिनेमामा समावेश ’खुद्रा खाद्री माया’ बोलको गीत यस वर्षको हिट गीतमा पर्छ । सिनेमाको गीतमा कोशिस क्षेत्री र उदगम परियारले संगीत भरेका छन् ।

याक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको सिनेमालाई गणेश श्रेष्ठ, कुमार सिलवाल र कर्ण बहादुर तामाङले निर्माण गरेका हुन् । सिनेमामा स्वर्गीय दिपेन शाहका अलवा महादेव त्रिपाठी, रिहान राज गिरी, संगीता लामा, लक्ष्मी श्रेष्ठ, पुजा परियार सिम्पल खरेल, शिव शंकर रिजाल, सुरेन्द्र केसी, रेशम फिरिरि, अञ्जु थापा, सरु धिमाल, विनोद राई, बिनोद लामा, बिनोद अधिकारी, राजेन्द्र गिरी, राजिव धमाला लगायतका कलाकारको अधिनय रहेको छ । भने सिनेमामा नवराज श्रेष्ठको विषेश भुमिका रहेको छ ।