द सिनेमा टाइम्स, काठमाडौं । आगामी भदौ २६ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘बेहुली’को पहिलो गीत ‘दिलमा ठाउँ छ’ सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक लोक फ्लेभरको गीतमा सिनेमाका निर्मातासमेत रहेका संगीतकार अर्जुन पोखरेलको शब्द तथा संगीत र अञ्जु पन्त, प्रशान्त सिवाकोटी र रबि ओडको स्वर छ ।
सार्वजनिक गीतमा ‘कुल ब्वाई’का रूपमा परिचित पारस बम ठकुरी, दिव्या रायमाझी, शुसान्त कार्की र पदम तामाङ फिचर्ड छन् । यसमा सियोन श्रेष्ठको आकर्षक कोरियोग्राफी हेर्न सकिन्छ । संगीतकार तथा निर्माता पोखरेलले यो गीत सिनेमाको प्रचार र प्रवद्र्धनका लागि फरक स्वादमा तयार पारिएको बताए ।
सशान कँडेलको निर्देशन र माधव शर्माको लेखन रहेको सिनेमामा पारस, दिव्या, सुशान्त र पदमसहित सन्तोष बानियाँ, सरिता गिरी, विशाल पहारी, कर्मा लामा, दीपक गौली, विमल यादव, अविरल श्रेष्ठ, सविन कट्टेल र समायरा थापा मगर लगायतका कलाकारको अभिनय छ ।
द डिभाइन म्युजिक र सम्मान इन्टरटेन्मेन्टको संयुक्त प्रस्तुति रहेको सिनेमामा अर्जुन पोखरेल प्रस्तुतकर्ता, प्रताप शमशेर राणा निर्माता, शंकर कोइराला र रमेश सिलवाल कार्यकारी निर्मातामा तथा दुर्गा खरेल र शिशिर श्रेष्ठ सह-निर्माता अनि कोसिस राज क्षेत्री र सम्राट क्षेत्री लाइन प्रोड्युसर हुन् ।
सिनेमामा नरेन्द्र मैनालीको डिओपी, विकास दाहालको सम्पादन र रोशन श्रेष्ठको एक्सन कोरियोग्राफी, सुदीप कुँवर मुख्य सहायक निर्देशक, योगेन्द्र कार्की र मार्लोभ ढुङ्गाना सहायक निर्देशक, यमप्रसाद ओली प्रोडक्सन हेड, किशोर नेपालको प्रोडक्सन डिजाइन, राजु वाइबाको मेकअप र एलेक्स बासुकलाको ड्रेस डिजाइन छ ।
काठमाडौं उपत्यकामा काफिया फिल्मस् र मोफसलमा श्री व्यंकटेश इन्टरटेन्मेन्टले वितरण गर्ने सिनेमाको डिजिटल अधिकार ओएसआरले खरिद गरेको छ ।


प्रतिक्रिया